५ कार्तिक २०८३, बिहिबार

पेट्रोलियम पर्दाथको मूल्य बढ्यो (सूचीसहित)

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाइएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

उनका अनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँ, डिजेल र मट्टितेल लिटरको ७५ रुपैयाँ ५० पैसा कायम भएको छ । एलपीजी ग्यासको प्रतिसिलिन्डर १३ सय ५० रुपैयाँ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आएको उतार चढाव अन्तर्गत नेपालमा पनि मूल्य बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यको सूची:

पेट्रोल -१००
डिजेल -७५.५०
मट्टीतेल – ७५.५०
ग्यास – १३५० (प्रतिसिलिन्डर)