काठमाडौं, १५ कात्तिक । नेपाल प्रहरीका जवानले प्रयोग गर्ने चुस्ता लगायतका सामग्री खरिदमा ठेकेदारसंगको मिलेमतोमा ब्यापक अनियमितता भएको छ । ठेकेदार र प्रहरीका हाकिमहरुको मिलेमतोमा अनियमितता भएको हो ।
नेपाल प्रहरीलाई आवश्यक पर्ने कटन सर्ट, कटन पाईण्ट, उनि सर्ट, उनि ज्याकेट, सादा निलो चुस्ता, ब्लांकेट ब्यारेट क्याप,र ड्याम सुज खरिदका लागि स्पेशिफिकेशन सहितको सूचना सार्वजनिक गर्दा केही ठेकेदार ब्यापारीलाई मात्र टेण्डरमा सहभागी गराउने उद्देश्यका साथ मात्रै सूचना सार्वजनिक भएको प्रष्ट देखिन्छ । करिव एक अर्ब भन्दा पनि धेरै रकमको उक्त काम आफू निकटका ब्यापारीलाई दिनकालागि नेपाल प्रहरी प्रबन्ध बिभागका डीआईजी पवन खरेलले साविकको स्फेशिकेशन परिमार्जन गरेको देखिन्छ । स्पेसिफिपकेशन परिमार्जनपछि लामो समय देखि नेपाल प्रहरीलाई सामान आपूर्ति गर्दै आएका ठेकेदारहरु प्रतिश्पर्धा गर्नबाट बञ्चित भएका थिए ।
नियोजित रुपमा सामान आपूर्तिको सूचना सार्वजनिक गर्दा केही ब्यापारीहरुले सिण्डिकेट नै लगाएका थिए । जस अनुसार डिआईजी खरेलले आफ्ना निकटका ब्यापारीहरु पिताम्बर मुन्का, रितेश अग्रवाल, ज्ञानेन्द्र बस्नेत, श्रवण अग्रवाल, बिरेन्द्रमान जोशी र टोपेन्द्र बिसिलाई मात्र चुस्ता लगायतका सामग्री आपूर्ति गर्ने बोलपत्रमा सहभागी गराएका थिए । उक्त कार्यमा प्रबन्ध शाखामा कार्यरत प्रहरी निरीक्षक बलराम खत्रीले सहजिकरण गरेको श्रोतको दावि छ ।
स्मरण रहोस प्रहीलाई सामान आपूर्ति गर्दै आएका टोपेन्द्र बिसि नेपाल टेलिकमका बाहालबाला कर्मचारी हुन उनले श्रीमति सुजाता खड्काको नाममा तेज सन्स ट्रेड ईण्टरनेशनल नामको कम्पनी सञ्चालन गर्दे आएका छन् ।
उक्त काम हत्याउनका लागि ब्यापारीहरुले आफ्ना र आफन्तमा नाममा दर्ता रहेका कम्पनीहरुलाई प्रयोग गरेका छन् । ति कम्पनीहरुका प्रतिनिधिका रुपमा पिताम्बर मुन्का, रितेश अग्रवाल, ज्ञानेन्द्र वस्नेत, बिरेन्द्र जोशी र सुजाता खड्काको कार्यालयमा काम गर्ने कर्मचारीलाई देखाईएको छ ।
नेपाल टेलिकममा कार्यरत बिसि हालका संचारमन्त्री मोहन बहादुर बस्नेतको सचिवालयमा कार्यरत रहेका उनले आफू शक्ति केन्द्र नजिक भएका कारण कसैले छुन नसक्ने दावि गर्दे आएका छन् ।
डिआईजि खरेल प्रबन्धमा आएपछि यस्ता अनियमितताका कुराहरु सामान्य हुन थालेको भन्दै स्रोतले उनिहरुलाई तत्काल छानविनको दायरामा ल्याउदा अझ धेरै कुरा खुल्ने जानकारी दियो ।













प्रतिक्रिया