काठमाडौँ, १५ कात्तिक ।। ग्लोबल आइएमईको क्रेडिट कार्डको प्रयोग गर्दा प्रयोगकर्ताले अब अझै सुरक्षित महसुस गर्ने छन् । किनकी ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताको सुरक्षाको लागि थ्रीडी सुरक्षित सेवा सुरु गरेको छ । क्रेडिट कार्ड प्रयोगकर्ता अनलाईन कारोबार गर्दा सुरक्षित होउन् भन्ने उद्देश्यका साथ यो अत्याधुनिक प्रविधिको प्रयोग सुरु गरिएको बुधबार बैंकले जानकारी दिएको छ । ग्लोबल आइएमई बैंक यो सुविधा सुरु गर्ने नेपालका केही थोरै बैंकहरुमध्ये रहेको बैंकले दावि गरेको छ ।
यो सुविधामार्फत क्रेडिट कार्ड प्रयोगकर्ता निस्फिक्रि भएर अनलाइन कारोबार गर्न सक्ने बैंकले जनाएको छ । बैंकको ग्राहकप्रतिको प्रतिबद्धता र विश्वसनियतालाई कायम राख्न तथा अहिलेको परिवर्तनशिल बजारमा सुरक्षाको प्रत्याभुत गर्न यो सुविधा विस्तार गरिएको बैंकका सीइओ जनक शर्मा पौड्यालले बताए ।
यो सुविधा सक्रिय गर्नको लागि कार्ड प्रयोगकर्ताहरुले केही साधारण प्रकृया पुरा गर्नुपर्ने हुन्छ । साथै पहिलो कारोबारको क्रममा भविष्यको प्रयोगको लागि केही अत्यावश्क विवरणहरु पनि भर्नुपर्ने हुन्छ । त्यसपछि अनलाइन कारोबार गर्दा कार्ड प्रयोगकर्ताको अतिरिक्त तहको सुरक्षाको साथ प्रमाणिकरण गरिनेछ । कार्ड जारी गर्नको लागि ग्लोबल आइएमई बैंकले साझेदारी गरेको ‘भिजा’ कम्पनी आइजियलेण्ट टेक्नोलोजी नामक कम्पनीसँगको सहकार्यमा यो नयाँ सेवाको सुचारु गरिएको हो । यो सुविधाको प्रयोग पछि GIBL कार्ड प्रयोगकर्ताहरूले अब विश्वभरका विभिन्न इ–कमर्श साइटहरूमा आफ्नो कार्डमार्फत अतिरिक्त सुरक्षाका साथ कारोबार गर्न सक्छन् ।
थ्रीडी सुरक्षित सुविधाले बैंकलाई कार्ड मात्रै नभई इन्टरनेट कारोबारको समयमा कार्डप्रयोगकर्तालाई पनि प्रमाणित गर्ने भएकाले गर्दा चोरी तथा कार्डको अवैध प्रयोगविना कारोबार गर्न सकिने बैंकले बताएको छ ।















प्रतिक्रिया