२१ कार्तिक २०८३, शनिबार

केपी ओलीको प्रश्न- लोकतन्त्रका मसियाहरु लोकतान्त्रिक अभ्याससँग डराउने ?

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक अभ्यासलाई सबैले सहज रुपमा लिनुपर्ने बताएका छन् ।

बुधबार विभिन्न पार्टीका नेता कार्यकर्ता पार्टीमा भित्र्याउँदै अध्यक्ष ओलीले वाम गठबन्धन र एकता लोकतान्त्रिक अभ्यास अन्तर्गत नभएको स्पष्ट पार्दै कांग्रेसलाई नडराउन आग्रह गरे ।

‘वाम गठबन्धनबाट कतिपय आत्तिए, आत्तिएला । तर यो एउटा लोकतान्त्रिक प्रक्रिया हो, त्यसअन्तर्गत यी सबै कामहरु भएका छन्,’ कांग्रेस सभापति एवं प्रधानमन्त्रीले कम्युनिष्टले जिते रुन पनि पाइन्न् भनेर दिएको अभिव्यक्तिलाई कटाक्ष गर्दै ओलीले भने– ‘आफूलाई लोकतान्त्रिक शक्ति भन्नेहरु, दाबी गरेर नथाक्ने र लोकतन्त्रका मसियाहरुको लोकतान्त्रिक अभ्याससँग डराउने ? लोकतान्त्रिक प्रक्रियासँग डराउने ?’

लोकतन्त्रभित्रका औचित्यपूर्ण गतिविधिहरु स्वीकार्न नसक्ने र तिनसँग डराउने खालको अवस्था देखा पर्नु सोभनिय नभएको उनको टिप्पणी थियो । ‘लोकतान्त्रिक शक्तिले लोकतान्त्रिक अभ्यासलाई सहज रुपमा लिनुपर्छ । हामीले सहज रुपमा लिने गरेका छौं । निर्वाचनको समयमा भइरहेका तालमेल पनि उचितै हुन्,’ ओलीले भने ।

अध्यक्ष ओलीले समयमै निर्वाचन हुनुपर्ने भन्दै कुनै बहानाबाजी स्वीकार्य नहुने चेतावनी समेत दिए । ‘निर्वाचन सार्नै कुरा लोकतन्त्रविरुद्ध जनभावनाविपरित हुन आउँछ । यो स्वीकार्य छैन्,’ उनले भने ।