५ कार्तिक २०८३, बिहिबार

एनआईसी एशिया बैंकको नयाँ शाखा मोरङको पथरीमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । एनआई सी एशिया बैंकको मोरङस्थित पथरी शाखा बुधबारदेखि सञ्चालनमा आएको छ ।

पथरी शनिश्चरे नगरपालिका १, जनआन्दोलन चौकमा स्थापित नयाँ शाखाको एक समारोहकाबीच पथरी शनिश्चरे नगरपालिकाका मेयर दिलिपकुमार राईले उद्घाटन गरे ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक एनआई सी एशिया बैंकले पथरी शाखाको समुद्घाटनसँगै देशभर १३३ शाखा कार्यालयहरु र १४१ एटिएम काउन्टरबाट ग्राहकमा सेवा प्रदान गर्दै आईरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा संचालन गर्ने योजना अगाडि सारेको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले जानकारी दिए ।