– मिना बुढाथोकी
सल्यान, १५ कात्तिक । आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्बाचनको लागी सल्यानमा झण्डै ९ हजार मतदाता थपिएका छन् । मंसिरको २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्बाचनको लागी ८ हजार ९ सय ५६ जना मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।
यस अघि सम्पन्न स्थानिय तह निर्बाचनमा सल्यानमा १ लाख, २५ हजार, २ सय ५६ जना मतादाता रहेका थिए । जसमा महिला ६१ हजार ७ सय ८७ जना र पुरुष ६३ हजार ४ सय ६९ जना रहेका थिए ।
जिल्ला निर्बाचन कार्यालय सल्यानका सुचना अधिकृत एकराज अधिकारीले स्थानिय निर्बाचन पश्चात जिल्लामा झण्डै ९ हजार मतदाता थएिको बताउनु भयो ।
उहाँले मंसिर २१ गते हुने निर्बाचनको लागी जिल्लामा कुल १ लाख ३४ हजार २ सय १२ जना मतदाता रहेको जानकारी दिुभयो । जसमा पुरुष ६७ हजार ३ सय ९२ जना र महिला ६६ हजार ८ सय २० जना रहेको बताउनु भयो ।
स्थानिय निर्बाचनको भन्दा यस मंसिरमा हुने निर्बाचनमा महिला ५ हजार ३३ र पुरुष ३ हजार ९ सय २३ जनाले बढी रहेको जनाउनु भयो ।
५ वटा मतदान केन्द्र थप
यसैबिच मंसिर २१ मा हुने संघ र प्रदेशको निर्बाचनको लागी यस जिल्लामा ५ वटा मतदान केन्द्र थप गरिएको छ । जिल्लाका बिभिन्न ५ स्थानमा नयाँ मतदान केन्द्र थप गरिएको जिल्ला निर्बाचन कार्यालय सल्यानले जनाएको छ । अहिले जिल्लामा नयाँ थप गरिएका केन्द्र सहित मतदान केन्द्रको संख्या १ सय ८० पुगेको छ । यस अघि जिल्लामा १ सय ७५ मतदान केन्द्र रहेका थिए ।
थप गरिएका मतदान केन्द्रहरुमा कपुरकोट गाउपालिकाको किउरेनीमा क र ख, छत्रेश्वरी गाउपालिकाको जयचौरमा क र ख, शारदा नगरपािलकाको नाउलामा क र ख केन्द थप गरिएको छ । यस्तै बागचौर नगरपालिकाको खोरबारेमा क र ख तथा दार्मा गाउपालिकाको रातामाटामा क र ख केन्द्र थप गरिएको छ ।
मतदाताको संख्याका आधारमा केन्द्र थप गरिएको निर्बाचन कार्यालयले जनाएको छ । जिल्लामा १ सय ११ वटा मतदान स्थल रहेका छन् ।













प्रतिक्रिया