काठमाडौं, १५ कात्तिक । राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रदेश २ को मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
ठाकुरलाई मधेसको साझा उम्मेदवार बनाउन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि सहमत भएका छन् । फोरमसँग चुनावी तालमेल भएको भोलिपल्टै राजपाले ठाकुरलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
यसअघि फोरम अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुरलाई मुख्यमन्त्री उम्मेदवार बनाउने निर्णय नभएको र उनी नै उम्मेदवार हुन्छन् भन्ने केही निश्चित नभएको बताएका थिए । तर, चुनावी तालमेलपछि ठाकुर साझा उम्मेदवार चुनिनुमा यादवको पनि समर्थन रहेको बुझिन्छ ।
राजपा नेता लक्ष्मणलाल कर्णले अध्यक्ष मण्डलका संयोजक ठाकुरलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने सहमति भएको जानकारी दिए । उनका अनुसार ठाकुर कुन ठाउँबाट लड्ने भन्ने अझै निश्चित भइसकेको छैन् ।











प्रतिक्रिया