११ मंसिर २०८३, शुक्रबार

अब राप्रपा पनि वाम गठबन्धनमा ! छाड्यो कांग्रेसको साथ ?

30.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनसँग कमल थापा नेतृत्वको राप्रपाले चुनावी तालमेल गरेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसले सहमति तोड्दै आफ्नै उम्मेदवार (कृष्ण सिटौला) खडा गरेपछि राप्रपाले कांग्रेसको साथ छाड्दै वाम गठबन्धनसँग चुनावी तालमेल गरेको हो ।

अब वाम गठबन्धनले झापा ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई सघाउने भएको छ । यसको औपचारिक घोषणा झापामा आज साझ संयुक्त पत्रकार सम्मेलन गरेर एमाले र माओवादीले गर्ने भएका छन् ।

एमाले झापाका अध्यक्ष चिन्तन पाठकले राप्रपालाई ३ नम्बर क्षेत्रमा सघाउने र राप्रपाले वाम गठबन्धनलाई मेची अञ्चलभर सहयोग गर्ने सहमति भएको बताए ।

माओवादी केन्द्रले पनि राप्रपासँग चुनावी तालमेल भएको स्वीकार गरेको छ । झापा २ बाट उम्मेदवार बनेका माओवादी नेता एंव पूर्व सञ्चारमन्त्री राम कार्कीले यसको पुष्टि गरे ।

अब झापा ३ मा राप्रपाका महामन्त्री एवं वाम गठबन्धनका साझा उम्मेदवार राजेन्द्र लिङ्देन र कांग्रेस नेता कृष्ण सिटौलाबीच प्रतिस्पर्धा हुने भएको छ ।
झापा ५ बाट एमाले अध्यक्ष केपी ओली चुनाव लड्दैछन् ।

राप्रपाले पूर्वी नेपालमा कांग्रेससँगको सहकार्य तोडेपनि सरकारमा सहभागी भएका कारण अन्य क्षेत्रमा भने चुनावी तालमेल कायमै छ । यसरी राप्रपाले वाम गठबन्धन र कांग्रेस दुबैसँग तालमेल गर्न पुगेको छ ।