३० आश्विन २०८३, शुक्रबार

क्याटलोनियाली नेता पुज्डमोन बेल्जियमतिर फरार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ब्रसेल्स, १५ कात्तिक । स्पेनको केन्द्र सरकारले बर्खास्त गरेको क्याटलोनियाका क्षेत्रीय नेता कारलस पुज्डमोन बेल्जियम पुगेका उनका वकीलले जानकारी गराएका छन् । तर उनले पुज्डमोन बेल्जियमको राजधानी ब्रसेल्समा भने नरहेको बताए ।

यसैबीच आप्रवासनसम्बन्धी बेल्जियमका मन्त्रीले पुज्डमोनसहित कुनैपनि क्याटलान नेताले बेल्जियममा शरण लिनसक्ने बताएका छन् ।

तर उनीहरू सबैलाई एक यूरोपेली नागरिकको नाताले दिइने सामान्य सेवा सुविधामात्र दिइने ब्रसेल्सले बताएको छ ।

यद्यपि पुज्डमोनले तत्काल राजनीतिक शरण लिनेबारे केही योजना नभएको उनका वकिलले बताएका छन् ।

पुज्डमोनले आप्रवासन मामिलाबारे जानकार एकजना वकिल पनि नियुक्त गरेका छन् ।

पुज्डमोनका वकिलले भने, “आवश्यक परेको खण्डमा मैले उनको वकिलका रुपमा काम गर्नेछु, अहिले उनका लागि मैले कुनै कागजात तयार पारिरहेको छैन ।” – एपी