२ कार्तिक २०८३, सोमबार

ढुँगेल पक्राउ प्रकरणमा यस्तो छ कांग्रेसको प्रतिक्रिया, माओवादीलाई के भन्यो ?

5.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेपाली काँग्रेसका नेता रमेश लेखकले माओवादी केन्द्रका नेता बालकृष्ण ढुँगेल पक्राउ परेको विषयलाई लिएर माओवादीलाई अतिरञ्जित नगर्न आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘यो साधारण कुरा हो, यसले शान्ति प्रक्रियामा कुनै असर पर्दैन्, यो घट्नालाई शान्ति प्रक्रियासँग जोड्न मिल्दैन, यो सर्वोच्च अदालतको आदेश अनुसार नै भएको हो, यो बाट कोही आँत्तिन जरुरी छैन ।’

लेखकले आगामी केन्द्र र प्रदेश सभाको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । नेता लेखकले शान्ति प्रक्रिया र संविधान जारी गर्न आफ्नो पार्टीले नेतृत्व गरेको र काँग्रेसको नेतृत्वमा आर्थिक समृद्धिको अभियान चलेकोले काँग्रेस पहिलो राजनीतिक शक्ति बन्ने दाबि गरेका हुन । उनले थपे, ‘प्रजातान्त्रिक शक्तिले नै अबको निर्वाचनमा बहुमत ल्याउँछ।’

नेता लेखकले काँग्रेसको चुनावी घोषणापत्र जारी गरिएको भैसकेको उल्लेख गर्दै भने, ‘हाम्रो पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ, शान्ति र संविधान दिन सफल भएको काँग्रेसले मुलुकको आर्थिक समृद्धि अभियानलाई सफल पार्नको लागि जुटेको छ, लोकतन्त्रवादीहरुले आगामी निर्वाचनमा हाम्रो पार्टीलाई नै पहिलो दल बनाउनेछन्।’

काँग्रेसले राणाकालिन र राजतन्त्रको अन्त्यको आन्दोलनको नेतृत्व गरेको बताउँदै नेता लेखकले कम्युनिष्ट एकताबाट आउने परिणामलाई सामना गर्न कुनै गाह्रो नहुने स्पष्ट पारे । उनले भने,‘काँग्रेस राणासँग जितेर आएको पार्टी हो, राजतन्त्रको अन्त्य गरेको पार्टी हो, शान्ति र संविधान दिएको पार्टी हो, कम्युनिष्ट एकता सक्ता केन्द्रित भएको कारण यो पवित्र छैन्, यसले मुुलुकको लागि चिन्ता गरेको छैन।’

पहिलो र दोस्रो संविधान सभाको निर्वाचनपछि कम्युनिष्ट नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल, माधवकुमार नेपाल, बाबुराम भट्टराई प्रधानमन्त्री बनेको तर संविधान दिन नसकेको ओराप लगाउँदै नेता लेखकले कम्यूनिष्ट एकता हुनु काँग्रेसको लागि कुनै नौलो वा अनौठो कुरा नभएको दाबी गरे ।

लोकतान्त्रिक मुल्य र मान्यतामा रहेर मुलुकको आर्थिक समृद्धिको अभियानलाई सफल पार्नको लागि काँग्रेसले सबैलाई आह्वान गरेको भन्दै नेता लेखकले विश्वमा पराजित हुँदै गएको कम्युनिष्टवादी एकात्मक सक्ताको सपना नदेख्न एमाले–माओवादीका नेताहरुलाई चेतावनी दिए ।

उनले भने,‘विश्वमा नै कम्युनिष्ट शासन अलोकप्रिय बन्दै गएको बेलामा नेपालमा कम्यूनिष्टहरु एक हुने बहानामा सक्ता हत्याउने खेल रच्दैछन, याद रहोस काँग्रेस लोकतन्त्रको रक्षाका निम्ति योग्य छ, आर्थिक समृद्धि लोकतान्त्रिक मुल्यको आधारमा प्राप्त गर्नको लागि अग्रसर छ, हामीले कम्यूनिष्ट एकतालाई गहिरो तरिकाले हेरिरहेका छाँै, हामी डराएका छैनौ।’

संविधान कार्यान्वयनको लागि एकजुट हुनुपर्ने स्थितिमा तराईका मुद्दालाई सम्बोधन गर्नको लागि साथ दिएको माओवादीले संविधान संशोधनको मुद्दालाई छोडेको हो कि ? एमाले पार्टीले त्यसलाई अगाँलेको हो त्यो स्पष्ट पार्नको लागि नेता लेखकले कम्युनिष्ट एकताका सुत्रधारहरुलाई आग्रह गरेका छन् ।