११ मंसिर २०८३, शुक्रबार

राजपा र संघीय फोरमबीच २ नं. प्रदेशमा सिट बाँडफाँट, कसलाई कहाँ पर्‍यो ?

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच दुई नं. प्रदेशमा सिट बाँडफाँट भएको छ ।

काठमाडौंमा मंगलबार भएको दुई दलका शीर्ष नेताहरूको बैठकले प्रदेश सभा र प्रतिनिधि सभाका लागि तालमेलसहित निर्वाचनमा जाने निर्णय गरेका हुन् ।

दुबै दलका शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर समेत गरेका छन् । नेपाली कांग्रेससँग तालमेल हुन नसकेपछि मधेसी केन्द्रित दल संघीय फोरम र राजपाले आफै गठबन्धन गरेर जाने निर्णय गरेका हुन् ।