२ कार्तिक २०८३, सोमबार

हाँस्दै हाँस्दै जेल गए बालकृष्ण ढुंगेल, अब १२ बर्ष जेल

4.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता एवं पूर्व सांसद बालकृष्ण ढुंगेल जेल चलान भएका छन् ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा सर्वाेच्च अदालतबाट २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैद सजाय पाई फरार रहेका ढुंगेललाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सातदोबाटोबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतले फैसलाको लगत कसेर डिल्लीबजारस्थित सदरखोर जेल चलान गरेको हो ।

जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने सिलसिलामा अदालतमा उपस्थित गराएर सदरखोर पठाएको हो ।

अब ढुंगेलले पहिले जेल बसेको अवधि कट्टा गरेर बाँकी हुन आउने १२ वर्ष पाँच महिना २२ दिन थुनामा बस्नुपर्ने छ ।