
काठमाडौँ, १४ कात्तिक । नेपाल प्रहरीले पक्राउ गरेका पूर्वसांसद एवं माओवादी नेता बालकृष्ण ढुंगेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइबी)को हिरासतमा राखिएको खुलासा भएको छ ।
ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्याको अभियोगमा सर्वोच्च अदालतबाट सर्वश्वसहित जन्मकैदको फैसला हुँदा पनि राजनीतिक आवरणमा निर्धक्क हिँडिरहेका ढुंगेललाई प्रहरीले बिहान ११ बजेतिर ललितपुरको सातदोबाटोबाट पक्राउ गरेको थियो । तर, पक्राउ परेको दुई घण्टापछि मात्रै प्रहरीले पुष्टि गरेको थियो ।
सीआइबीका एक अधिकारीले दैनिक नेपाललाई दिएको जानकारी अनुसार, ढुंगेललाई अहिले सीआइबीको हिरासतमा राखिएको बताइएको छ । उनलाई मंगलबार नै अदालतमा बुझाउने बताइएको छ ।












प्रतिक्रिया