२ कार्तिक २०८३, सोमबार

महिनावारीको समयमा कम्मर किन दुख्छ ? जान्नुस् ८ कारण

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । महिलाहरुमा हुने महिनावारी एक प्राकृतिक प्रकृया हो । तर कुनै बेला भने केही महिलाहरुमा अत्याधिक कम्मर दुख्ने समस्या देखिन सक्छ । यसरी अत्याधिक कम्मर दुख्नुको पछाडी केही खास कारणहरु छन् । यदि ति कारणहरु थाहा पाएमा महिनावारीको समयमा हुने अत्याधिक कम्मर दुखाईलाई कम गर्न सकिन्छ । के हुन् त ति कारणहरु ?

महिलाहरुको पाठेघरको भित्री भागमा रहेको झिल्लीलाई इन्डोमेट्रियम भन्ने गरिन्छ । यदि महिनावारीको समयमा यसको केही भाग अण्ड बाहिनी नली तथा अण्डाशयमा पुग्न गयो भने यसको कारणले अत्याधिक मात्रामा कम्मर दुख्न सक्छ । तर महिनावारीको समयमा अत्याधिक मात्रामा कम्मर दुख्ने समस्यको पछाडी अन्य थुप्रै कारणहरु रहेको स्त्री विशेषज्ञहरु बताउँछन् ।

– यदि कुनै महिलाहरुमा कब्जीयतको समस्या छ भने महिनावारीको समयमा बढि कम्मर दुख्न सक्छ ।

– महिनावारी भएको बेलामा धेरै चिसो या तातो खानेकुरा खानाले पनि कम्मर दुख्ने समस्या देखिन सक्छ ।

– यदि कुनै महिलामा पहिलेदेखि नै कमजोरीको समस्या छ भने पनि त्यसले महिनावारीको समयमा कम्मर दुख्ने समस्या निम्त्याउन सक्छ ।

– धेरै रगत बगेमा पनि कुनै कुनै बेला अत्याधिक कम्मर दुख्ने गर्दछ ।

– धुमपान गर्ने कतिपय महिलाहरुमा यसको कारणले महिनावारीको समयमा कम्मर दुख्ने समस्या देखिन सक्छ ।

– यदि परिवारमा पहिले अरु कसैलाई यो समस्या छ भने पनि उसको सन्तानमा महिनावारीको समयमा बढि कम्मर दुख्न सक्छ ।

– कतिपय महिलामा उचित आहार व्यहार नगर्नाले पनि महिनावारीको समयमा कम्मर दुख्न सक्छ ।

– डिम्भाशयमा संक्रमण हुँदा पनि महिनावारीका बेला अत्याधिक कम्मर दुख्ने समस्या देखिने गरेको पाइन्छ ।