११ मंसिर २०८३, शुक्रबार

यी हुन प्रदेश नम्बर पाँचका भावी मुख्यमन्त्री, ओली–प्रचण्डका साझा उम्मेदवार

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । एमाले स्थायी समिति सदस्य एवं पूर्वमन्त्री शंकर पोखरेलले प्रदेश नम्बर ५ को मुख्यमन्त्री पद स्वीकार गरेका छन् ।

लामो सोँचाइपछि पोखरेलले एमाले र माओवादी केन्द्रको तर्फबाट प्रदेश ५ को चुनावी कमाण्डर बन्ने निर्णय गरी मुख्यमन्त्री पद स्वीकार गरेको बताएका छन् ।

‘मलाई प्रचण्डले प्रस्ताव गर्नुभयो, हाम्रो पार्टी एमालेको अध्यक्षको अनुहार हेरें, उहाँले झनै बल गरेर मुख्यमन्त्री बन्न आग्रह गर्नुभयो, केही दिनमा निर्णय दिउँला भनेको थिएँ, अव निर्णयमा पुगें, एमाले र माओवादी केन्द्रको चुनावी कमाण्डरको रुपमा प्रदेश ५ मा जान्छु’, उनले भनेका छन् ।

पोखरेलले आफूलाई प्रदेश ५ को मुख्यमन्त्री बन्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले प्रस्ताव गरेको बताए । प्रचण्डको प्रस्तावलाई अध्यक्ष केपी ओलीले स्वीकार गरेका थिए ।

एमाले नेता पोखरेलले मंगलबार पार्टी निकटका केही पत्रकारहरूसँग काठमाडौंका भेट गरी प्रदेश ५ को मुख्यमन्त्री पद स्वीकार गरिएको घोषणा गरेका हुन् ।

उनले आफ्नो यो निर्णय निकै पीडादायी भएपनि प्रदेश ५ को संमृद्धिका लागि स्वीकार गरिएको बताएका छन् ।