२१ कार्तिक २०८३, शनिबार

आयल निगमको कार्यकारी निर्देशकमा सुशील भट्टराई नियुक्त

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुशील भट्टराई नियुक्त भएका छन् ।

आपूर्ति मन्त्रालयले १० औं तहका कर्मचारी भट्टराईलाई सोमबार १२औं तहको कार्यकारी प्रमुखको जिम्मा दिएका हो ।

भट्टराई निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कासँगै जग्गा खरिद अनियमितता प्रकरणमा मुछिएका व्यक्ति हुन् । उनी जग्गा खरिद गर्दा गठन गरेको उपसमितिका संयोजक थिए ।

नेपाल आयल निगमका निर्वमान कार्यकारी निर्देशक गोपाल खड्का आपूर्ति मन्त्रालयमा तानिएसँगै रिक्त रहेको पदमा भट्टराई आएका हुन् ।