११ मंसिर २०८३, शुक्रबार

देउवालाई नै डडेल्धुरामा चुनाव जित्न अप्ठेरो, यस्तो छ चुनावी हिसाबकिताब

3.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– राजेन्द्र ठगुन्ना

डडेल्धुरा, १३ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काग्रेसका सभापति शेर बहादुर देउवा वाम गठबन्धनका उमेदवार खगराज भट्ट भन्दा ८हजार भन्दा बढी मतले पछाडी रहेका छन् ।

केही महिना अगाडी सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्थानीय तहका प्रमुखहरुले प्राप्त गरेको मतलाई आधार मान्ने हो भने नेपाली काग्रेसले १९ हजार ५२३ मत नेकपा एमालेले १६ हजार ९१५ र नेकपा माओवादी केन्द्रले १० हजार ९४५ मत प्राप्त गरेको थियो ।

२०६४ सालमा सम्पन्न भएको पहिलो संविधान सभाको निर्वाचनमा शेर बहादुर देउवासंग झिनोमतले पराजय भएका नेता खगराज भट्ट यस पटक शेर बहादुर देउवासंग तेश्रो पटक चुनावमा भिड्दै छन् । २०६४ सालको निर्वाचनमा शेर बहादुर देउवाले २० हजार ५२९ मत र खगराज भट्टले १९ हजार १६१ मत प्राप्त गरेका थिए भने झिनोमतले पराजय बेहोरेका भट्टका १ हजार ७०० म तबदर भएका थिए । २०७० सालमा भएको संविधान सभाको निर्वाचनमा देउवाले २३ हजार ९२० र निकटम प्रतिद्धन्द्धी भट्टले १२ हजार ४९४ मत पाएका थिए ।

स्थानीय हतको निर्वाचनमा खसेको मतलाई आधारमान्ने हो भने डडेल्धुरा जिल्लाबाट नेपाली काग्रेसका सभापति शेर बहादुर देउवाको लगातार जितको क्रमभंग हुने निश्चित जस्तै रहेको छ । नेपाली काग्रेस डडेल्धुरा भित्रको आन्तरिक विवाद र स्थानीय तहको निर्वाचनमा प्राप्त मतको आधारलाई आकल गरेर डडेल्धुरामा शेर बहादुर देउवालाई सजिलै पराजित गर्न सकिने वाम गठबन्धनका नेताहरुको भनाई रहेको छ । क्षेत्र नं. क बाट नेकपा एमाले ७ नं. प्रदेश सदस्य बौद्धिक नेता पठान सिह बोहरा र क्षेत्र नं. ख बाट जिल्ला अध्यक्ष डा.तारा प्रसाद जोशी चुनावी प्रतिस्पर्धामा रहनु भएको छ ।