२१ कार्तिक २०८३, शनिबार

गुल्मीमा हाईस दुर्घटना, १० को मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– शिवलाल सुवेदी

गुल्मी १३ कात्तिक । गुल्मी दरवार गाउँपालिका ४ मा भएको सवारी दुर्घटनामा १० जनाको ज्यान गएको छ । वुटवलवाट गुल्मीको सदरमुकाम तम्घासका लागि विहान ९ वजे छुटेको वा ४ ख ५५०१ नम्बरको हाइस गुल्मी दरवार ४ विरवास नजिकै दिउसो २ वजेतिर दुर्घटना परेको हो ।

दुर्घटनामा हाइसका चालक रेसुङ्गा नगरपालिका १० का भिम बहादुर घर्ती सहित १० जनाको ज्यान गएको प्रहरीले जनाएको छ । यसरी दुर्घटनामा ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका २ की ४० बर्षिय वालकुमारी थापा, इस्मा गाउँपालिका २ की ४५ बर्षिय रुमी नेपाली, इस्मा ६ का २५ बर्षिय डिल बहादुर कुमाल, इस्मा १ की ३० बर्षिय यमुना मरासिनी, रुरु ६ की ३२ बर्षिय सुिमत्रा दर्लामी, मालिका गाउँपालिका ६ का २८ बर्षिइ लाल बहादुर मुखिया , अर्घाखाची छत्रदेव गाउँपालिका ७ का ४२ बर्षिय राम प्रसाद पाण्डे र व्रिटीश वेलफेयर गुल्मीमा कार्यारत वुटवलका केश बहादुर गुरुङ्गको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरिक्षक डाक्टर प्रसाद चौधरीले जानकारी दिएका छन । लुम्बिनी मेडिकल कलेज परवास पाल्पामा उपचारको क्रममा मृत्यु भएको १ जनाको भने परिचय खुल्न सकेको छैन । घटनामा २ जना वच्चा सहित ८ जना घाईते भएका छन । मृतक मध्ये ६ जनाको घटनास्थलमै ज्यान गएको हो भने ३ जनाको पाल्पामा उपचार र १ जनाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा मालिका गाउँपालिका ७ का १९ बर्षिय सुमन कार्की , रुरु गाउँपालिका १ का १९ बर्षिय माधव पोखरेल, मुसिकोट नगरपालिका २ का २३ बर्षिय प्रकाश केसी, गुल्मी दरवार गाउँपालिका ४ का ३२ बर्षिय गोकुल कार्की, रेसुङ्गा नगरपालिका ८ की १० बर्षिय रविना दर्लामी, मालिका गाउँपालिका ७ की १९ बर्षिय एलिसा घिमिरे, र अर्घाखाची मालारानी गाउँपालिका १ का २९ बर्षिय बिष्णु भुसाल घाईते भएका छन ।

त्यस्तै दुर्घटनामा इस्मा गाउँपालिका १ का ४ बर्षिय श्रृजन मरासिनी र २ उनकी बहीनी श्रृष्टी पनि घाइृते भएका छन । घाईते मध्ये सुमन कार्कीको अवस्था गम्भिर रहेको छ । घाईते सवैको पाल्पाको युनाईटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज परवास पाल्पामा उपचार भैरहेको छ ।

हाइस सडकवाट करिव ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ । बस्तीको नजिकै दुर्घटना भएकाले उद्धार भने तत्काल भएको थियो । उद्धारमा स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय गुल्मी, इलाका प्रहरी कार्यालय रिडी, प्रहरी चौकी श्रृङ्गा,शसस्त्र प्रहरी वल गुल्म गुल्मीको प्रहरी खटिएको थियो ।