२ कार्तिक २०८३, सोमबार

पूर्वमन्त्री यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश, वामदेवले भित्र्याए (फोटो फिचर)

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भैरहवा, १३ कात्तिक । पूर्वमन्त्री तथा राजपाका वरिष्ठ उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी एमाले प्रवेश गरेका छन् ।

गुल्जारीसँगै समरीमाई गाउँपालिका अध्यक्ष तथा फोरम लोकतान्त्रिकका नेता जितेन्द्रनाथ शुक्ला बब्लु, राजपाका केन्द्रिय सदस्य तथा पूर्व सिडिओ अब्दुल कलाम खान, केन्द्रिय सदस्यहरु मुरारी अग्रवाल, हजरत बेलाल फकिर र अम्बिका त्रिपाठी, लोकतान्त्रिक फोरमका नेतृ पल्लवी शुक्लालाई एमाले उपाध्यक्ष वामदेव गौतम, पार्टीका उपमहासचिव विष्णु पौडेल, पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज लिला गिरी, केन्द्रिय सदस्य तथा जिल्ला सह–इन्चार्ज एकराज विश्वकर्मा, केन्द्रिय सदस्य खिमलाल भट्टराई, जिल्ला अध्यक्ष शिवराज सुवेदी, पुष्पाञ्जली उपाध्याय लगायतले टिका र खादा ओढाएर पार्टी प्रवेश गराएका थिए ।

यसैगरी समरीमाई गाउँपालिका वडा नं ६ का वडाध्यक्ष सत्यनारायण केवट, सदस्यहरु दुर्गावती केवट, मनमति हरिजन, वर्षाती हरिजन, खुद्र्रु कुर्मी र मर्चवारका नागरिक अगुवा रामपथ केवट, कपिल केवट, मल्लु कुमार,रामअवतार कुर्मी, मानसिंह, अस्लम खान , राप्रपाका जिल्ला नेता रामवृक्ष यादव, राजपाका ओमप्रकाश दुबे, फोरम लोकतान्त्रिकका मुबारक ओली, अखण्ड नेपाल पार्टीका राजकुमार खड्का लगायत १ हजार ५१ जना विभिन्न पार्टिका केन्द्र र जिल्लास्तरका नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।

मधेसवादी दल पार्टी नै होइनन्ः यादव

राजपा छाडेर एमाले प्रवेश गरेका पूर्वमन्त्री ओमप्रकाश यादव गुल्जारीले मधेसवादी दल पार्टी नै नभएकबो आरोप लगाएका छन् । सोमबार एमाले प्रवेश गर्दै उनले मधेसवादी दलमा परिवारको भर्ती केन्द्र बनाइएको, जनताको नाममा लुटतन्त्र चलाइएको, नीति र सिद्धान्त विहीन व्यक्तिवादी प्रवृत्ति हावी हुँदा सो दलबाट जनताको भलो नहुने निश्कर्ष निकाल्दै आफू एमाले प्रवेश गरेको बताए ।

उनले भने, “जनताको लागि काम गर्ने पार्टी नेपालको सन्दर्भमा एमाले बाहेक अरु हुनै सक्दैन । यो मेरो राजनीतिक यात्राको निश्कर्ष हो । त्यसैले मैले राजपा छाडेर एमालेमा प्रवेश गरेको हुँ ।”