– नरेश केसी
मर्चवार, १३ कात्तिक । देशमा कृषि क्रान्ति गरेर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मूलन गर्ने पूर्व उप–प्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले घोषणा गरेका छन् ।
प्रदेश र केन्द्रको निर्वाचन नजिकिँदै जाँदा चुनाव लक्षित रुपन्देहीको मर्चवारमा आयोजित विशाल आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका गौतमले भने “मर्चवार जस्तो कृषि क्षेत्रलाई राज्यले उन्नत बनाउनु पर्दछ । यहाँका हरेक किसानलाई निर्वाहमुखीबाट व्यवसायिक बनाउनु हाम्रो लक्ष्य रहनेछ । कृषिको लागि आवश्यक सबै किसिमका वैज्ञानिक पद्धति अपनाएर कृषिबाट नै देशमा आमूल परिवर्तन गर्ने एमालेको लक्ष्य हो ।”
नेकपा एमालेको किसान महासंघको नेतृत्व कुशलतापूर्वक निर्वाह गरेका गौतमले अबको ५ वर्षमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी दक्षिण एसियामै अब्बल रहने उनले दाबी गरे । नेपालीको जीवनस्तर कृर्षीको बैज्ञानिकी करणबाट नै हुने हुदां मर्चवारका फाटहरुमा व्यवसायीक कृर्षी खेत ीगर्न राज्यले भूमिका खेल्ने पनि जनाए । मझगाँवा माविको प्राङ्गणमा पलेटी मारेर भाषण सुन्दै बसेका सयौँ किसानहरुलाई सम्बोधन गर्दैै एमाले नेता गौतमले मर्चवारमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, खानेपानी र रोजगारीको प्रत्याभूत गरिने दाबी गरे ।
सभालाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मर्चवारको विकासका लागि एमालेले पहलकद्मी ल्याउने उद्घोष गरे । एमालेका उपमहासचिव समेत रहेका पौडेलले वनगाईदेखि तरैनी सम्म बाटो विस्तार, मर्चवारमा डिग्री कलेज, १०० बेडको हस्पिटल, तरैनीमा छोटी भन्सार, मर्चवारलाई कृषिको पकेट क्षेत्र, एक घर एक रोजगारको लागि एमालेले सरकारी बजेटमा योजना तर्जुमा गर्न पहल गर्ने बताए ।
एमाले नेता श्रीराम यादवको अध्यक्षतामा सम्पन्न उक्त सभामा एमाले नेता साधुशरण सहानी, पूर्वमन्त्री ओम प्रकाश यादव गुल्जारी, समरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला बब्लु, महिला नेतृ पल्लवी शुक्ला, एमाले नेता बाबुलाल यादव लगायतले सभालाई सम्बोधन गर्दै एमालेको नीति र एमालेको सरकार भएमा मात्रै मर्चवारको विकास हुने बताएका छन् ।













प्रतिक्रिया