५ कार्तिक २०८३, बिहिबार

खड्कालाई आपूर्ति मन्त्रालय तानियो

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई आपूर्ति मन्त्रालयले मन्त्रालयमा तानेको छ । स्रोतका अनुसार उनलाई आजैबाट मन्त्रालयमा हाजिर हुने गरी तानिएको हो ।

अनियमितताका विभिन्न प्रकरणमा मुछिएका आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई असोज २ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्खास्त गरेको थियो ।

मन्त्रिपरिषद्को बैठकले संसदीय समितिको सिफारिसमा भ्रष्टाचारमा मुछिएका खड्कालाई पदच्युत गरेको भए पनि आफूलाई अन्याय भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका खड्कालाई सर्वोच्चले असोज २२ गते अन्तरिम आदेश दिँदै पुनर्वाहाली गरेको थियो ।

मन्त्रीस्तरीय निर्णयबाट निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईलाई दिइएको छ । यसअघि भट्टराई निगममा निमित्त नायव कार्यकारी निर्देशक थिए ।