११ मंसिर २०८३, शुक्रबार

प्रचण्डलाई स्वागत गर्न जब चितवनका एमाले नेता लस्करै विमानस्थल पुगे… (फोटो फिचर)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १३ कात्तिक । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिदै गर्दा चितवनमा वाम गठबन्धनको माहौल रोमाञ्चक बनेको छ ।

यसको एक दृश्य आज भरतपुर विमानस्थलमा देखिएको छ । चुनावको मुखमा चितवनबाट उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्वागत गर्न माओवादी केन्द्रका नेताहरुसहित एमाले चितवनका नेताहरुको पनि लामै लाइन लागेको थियो । एमालेका जिल्ला नेतादेखि जनप्रतिनिधिहरुलाई पनि लाइनमा देख्न सकिन्थ्यो ।

प्रचण्डलाई स्वगत गर्न एमालेका निवर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पुर्व सचिव विजय सुवेदीदेखि भरतपुर महानगरपालिकाका विभिन्न वडाका वडाध्यक्षहरु भरतपुर विमान स्थलमा पुगेका थिए । माओवादी केन्द्रका नेताहरुसँग एउटै पंक्तिमा बसेर उनीहरुले माला र खादाले दाहललाई स्वागत गरेका थिए । सो पंक्तिमा एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेल भने देखिएनन् ।

भरतपुर विमानस्थलमा पत्रकार सम्मेलन पनि एमाले एमाले निकट प्रेस चौतारी नेपाल र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले संयुक्त रुपमा आयोजना गरेका थिए । पत्रकार सम्मेलनको अध्यक्षता गरेका थिए प्रेस चौतारी चितवनका उपाध्यक्ष सुवास पण्डितले । केन्द्रबाट संयुक्त पत्रकार सम्मेलन गर्न निर्देशन आएपछि जिल्लामा पहिलो पटक यी दुई संगठनले कार्यक्रम आयोजना गरेको हो ।
दाहाल चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभामा चुनाव लड्दै छन् ।

विमानस्थलमा स्वागतपछि प्रेस चौतारी र प्रेस सेन्टरले विमानस्थलमै आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले चितवनमा जनताको विश्वास जितेर देशको नेतृत्वले लिने बताए । ‘म गृहजिल्लाका जनताको विश्वास लिएर देशको नेतृत्व गर्न चाहन्छु’ उनले भने– ‘क्षेत्र नम्बर ३ बाट मेरो उम्मेदवारी निश्चित छ ।’

अध्यक्ष प्रचण्डले चुनावी परिणामले एमालेसँगको एकता प्रक्रिया नभाडिने समेत स्पष्ट पारे । ‘एमाले र माओवादीले गरेको गठबन्धन देशको हितमा छ, र यो एकता भएरै छाड्छ’ उनले भने– ‘धेरै पार्टी हुनुभन्दा कम र ठूलो पार्टी हुनु देश र जनताको आवश्यकता हो ।’