काठमाडौं, १३ कात्तिक । एमाले र माओवादी केन्द्रको वाम गठबन्धनले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेको छ ।
स्रोतका अनुसार उनीहरूले प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् ।
वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभाको १५ सिट पाउँदा प्रदेशमा २८ सिट पाएको छ ।
प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्नेबारेमा सहमति भएको छैन ।
पर्साको क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ । स्थानीयस्तरबाट भने २ माओवादी र ३ एमालेले लिनुपर्ने राय आएको र छलफल भइरहेको स्रोतको भनाइ छ ।











प्रतिक्रिया