११ मंसिर २०८३, शुक्रबार

चितवनका जनताको विश्वास लिएर देशको नेतृत्व गर्छुः प्रचण्ड

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भरतपुर, १३ कात्तिक । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले चितवनका जनताको विश्वास जितेर देशको नेतृत्व लिने बताएका छन् ।

सोमबार भरतपुर विमानस्थलमा प्रेस चौतारी चितवन र प्रेस सेन्टर चितवन शाखाले आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले आफ्नो गृहजिल्लाका जनताको विश्वस लिएर देशको नेतृत्व गर्न चाहेको बताए । प्रचण्डले आफ्नो उम्मेद्वारी चितवन ३ बाट नै हुने निश्चित भएकाले यहाँका जनताले एतिहासिक अवसर नगुमाउने विश्वास व्यक्त गरे ।

अध्यक्ष प्रचण्डले आगामी निर्वाचनको परिणामले एमालेसंगको पार्टी एकतामा कुनै असर नगर्ने बताउनु भयो । पार्टी एकता संयोजन समिति समेत बनिसकेकोले चुनावी परिणामले एकता प्रकृया नभांडिने उहांको भनाई छ । एमाले र माओवादीले गरेको वाम गठवन्धनले देश र जनताको हित गर्ने प्रचण्डको दावी छ ।

विगतमा कांग्रेससँग गरिएको निर्वाचन केन्द्रित तालमेल र अहिले एमालेसँग गरिएको गठवन्धन फरक भएको उनको भनाई छ । प्रचण्डले ‘एमाले र माओवादी वीच गरिएको वाम गठवन्धन र एकतामा बैचारिक र राजनीतिक अर्थ रहेको बताए । उनले भने – ‘धेरै पार्टी हुनुभन्दा कम र ठुलो पार्टी हुनु देश र जनतको आवश्यकता हो ।’ एमाले र माओवादीले सुरु गरेको एकता अभियानमा कांग्रेसले पनि सुरु गरेकाले यो जनता र देशको हितमा रहेको प्रचण्डको भनाइ छ ।

अब निर्वाचन नहुने विषयमा थप आशंका बांकी नरहेको भन्दै अध्यक्ष प्रचण्डले ‘निर्वाचन आयोग स्वंयले प्रत्यक्षको मतपत दुई सिट प्रयोग गर्ने भएपछि निर्वाचन हुने ढुक्क भएको बताए ।

चितवन निर्वाचन क्षेत्र नः २ का विषयमा अध्यक्ष प्रचण्डले कुनै जटिल कुरा नभएको बताए । समयको चापले मात्रै निर्णय नभएको भन्दै ‘आजै एमाले अध्यक्ष केपी ओलीसँग भेटेर टुंगो लगाउने जानकारी दिए । माडीको बाँदरमुडे घटनाका पीडितहरुका लागि आफुले सत्तामा हुंदा र नहुंदा पनि भेटेको र राहात समेत दिएको भन्दै प्रचण्डले छिट्टै फेरी माडी जाने बताए ।