काठमाडौं, १३ कात्तिक । राष्ट्रिय जनता पार्टी नेपालले आइतबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको सूचीबाट अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरको नाम हटाएको छ । अब ठाकुर प्रत्यक्षतर्फ चुनाव लड्ने निश्चित भएको छ ।
यसअघि राजपा समानुपातिक सूचीमा ठाकुरको नाम पहिलो नम्बरमा थियो । पार्टीको प्रमुख व्यक्ति नै समानुपातिकतर्फ जाँदा नेता कार्यकर्तामा असर पर्ने र मनोबल गिर्ने सुझावपछि ठाकुर नाम हटाएर प्रत्यतर्फ नै मैदानमा आएका हुन् ।
अर्काेतर्फ उनलाई प्रदेश नम्बर २ को मुख्यमन्त्री बनाउने चर्चा पनि छ । यसकारण पनि उनी समानुपातिक सूचीबाट बाहिरिएका हुन् ।
राजपाका नेता केशव झाका अनुसार महन्थ ठाकुर अब प्रत्यक्षतर्फ चुनाव लड्ने निश्चित भएको छ । समानुपातिक सूचीबाट नाम हटाउनु नै प्रत्यक्षमा चुनाव लड्नका लागि हो भन्दै उनले मुख्यमन्त्रीको सम्भावनाबारे पनि परामर्श भइरहेको बताए ।












प्रतिक्रिया