२१ कार्तिक २०८३, शनिबार

मकवानपुरमा म्यादीको तालिम सुरु, जिम्मेवार बन्न खनालले दिए निर्देशन

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १३ कात्तिक । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंसिर १० र २१ गतेको निर्वाचन सुरक्षाको लागि तयारी तीब्र बनाएको छ ।

पूर्वपश्चिम महेन्द्र राजमार्गसँग जोडिएको मकवानपुर सुरक्षाको दृष्टिकोणले सम्वेदनशील मानिन्छ ।

मकवानपुर प्रहरीले निर्वाचन सुरक्षामा कुनै पनि कसर बाँकी नराख्ने जनाएको छ । पछिल्लो समय सुरक्षा गस्तीका साथै चेकजाँच र निगरानीलाई पनि बाक्लो बनाएको एसपी विकास खनालले जनाएका छन् ।

म्यादी प्रहरीको १२ दिने तालिम कार्यक्रमको आइतबार सुरुवात गर्दै मकवानपुरका प्रहरी प्रमुख खनालले निर्वाचनको सुरक्षाका लागि मातहतलाई निर्देशन पनि दिए ।

‘सुरक्षा अवस्था बनाउने जिम्मेवारी तपाई म्यादी प्रहरीको काँधमा आइपुगेको छ’, खनालले भने, ‘इमान्दारिता र जिम्मेवारीबाट भाग्नु हुँदैन ।’