काठमाडौं, १२ कात्तिक । हेभी मेसिन चालक (अप्रेटर)ले लाइसेन्स प्राप्तीमा सहज प्रावधान नभए विकास निर्माणका काम ठप्प पर्ने चेतावनी दिएका छन् । नेपाल हेभी अप्रेटर संघ, काठमाडौंको अधिवेनमा बोल्दै निर्माण क्षेत्रका विभिन्न झन्झटिलो प्रावधान खारेज गर्न माग गरेका छन् । ठूला सवारीको लाइसेन्स प्रक्रिया जस्तै ठूला मेसिन चालकले २ वर्ष अनिवार्य साना सवारी चलाउनु पर्ने प्रावधन रहेको छ । ठूला मेसिन र ठूला सवारीबीच उचित परिभाषा नहुँदा अनिवार्य २ वर्ष साना सवारी चलाउनु पर्ने वाद्यतामा अप्रेटर छन् ।
‘हामीले विकास निर्माणको काम गर्दा एकै क्षेत्रमा बसेर मेसिन चलाउँछौं, तर सवारी ऐनमा भएको गलत प्रावधानका कारण राजमार्गमा कुद्ने सवारी जस्तै २ वर्ष साना सवारी चलाउनु पर्ने बाद्यता छ ।’ नेपाल हेभी अप्रेटर संघ, काठमाडौंका अध्यक्ष गोकुल कुँवरले भने, ‘ट्रक, कन्टेनर जस्ता सवारीको लाइसेन्स प्राप्ति प्रक्रिया जस्तै व्याहोको लोडर, डोजर, क्रेन, स्काइभेटर चलाउन पनि २ वर्ष साना सवारी चलाउनु पर्ने हाम्रो कठिनाई छ ।’ उनले अप्रेटरको सीप परीक्षण गरेर छुट्टै प्रावधान निर्धारण गरिनुपर्ने बताए । त्यसो नभए विकास निर्माणको काम ठप्प पार्ने उनले चेतावनी दिए ।
यता नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघका अध्यक्ष तारा बहादुर अहिले देशमा १५ हजारका ठूला मेसिन रहेको र त्यही अनुपातमा अप्रेटर नहुँदा आफ्ना मेसिनले कामविहीन भएको गुनासो गरे । ‘हामीसंग भएका हेभी मेसिनले लाइसेन्स प्राप्त गरेका अप्रेटरको अभावमा काम पाएका छैनन्, सरकारले लाइसेन्स प्राप्ती खुकुलो पारे विकास निर्माणका काममा सहज हुन्छ ।’ १५ हजार हेभी मेसिनमा १५ हजार नै अप्रेटर रहेको जानकारी दिदैं उनले हाल ७ सयको हाराहारीले मात्रै लाईसेन्स प्राप्ती गरेको उनले बताए । लाइसेन्स प्रक्रिया सहज हँदा धेरैको रोजगारी गुमेको र आफ्ना करोडौंका मेसिन ढुक्कले छोड्ने अवस्था नभको अध्यक्ष कुँवरको गुनासो छ ।
अप्रेटरहरुले लाइसेन्स परीक्षा वर्षमा २ पटक मात्रै खुल्दै आएको, परीक्षा पास भएपनि अनेक वाहनामा परीक्षा फेल पार्दै आएको र घुसखोरीले आफुहरु मर्कामा पर्दै आएको जनाएका छन् ।
‘सरकारका विभिन्न निकायमा हाम्रा माग राख्यौ, तर कानमा तेल हालेर बसेका छन् ।’ नेपाल हेभी अप्रेटर संघका संयोजक लोकमान खत्रीले भने, ‘१५ हजार अनुभवी अप्रेटरका मर्कालाई सरकारले बुझेन भने विकासमा मर्का पर्ने काम हामी गर्छौ ।’















प्रतिक्रिया