काठमाडौं, १२ कात्तिक । सर्वाेच्च अदालतको आदेशको सम्मान गर्दै निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको अलग अलग मतपत्र छाप्ने निर्णय गरेको छ । यद्यपी यो निर्णयले चुनाव प्रभावित नहुने आयोगले स्पष्ट पारेको छ ।
निर्वाचन आयोगका पदाधिकारीरुको आइतबार विहानैदेखि बसेको बैठकले अदालतको आदेशको भावना अनुसार छुट्टाछुट्टै मतपत्र छाप्ने निर्णय गरेको हो । बैठकले मंसिर १० र २१ मा हुने दुवै चरणको चुनावको प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्ने निर्णय गरेको आयोगका एक आयुक्तले जानकारी दिए ।
एउटै पानामा प्रतिनिधिसभा र प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरेको आयोगले सर्वोच्च अदालतको आदेशको सम्मानगर्दै छुट्टछुट्टै मतपत्र छाप्ने निर्णय गरेको जनाएको छ । आयोगले मतपत्र छुट्टछुट्टै पानामा छापे पनि चुनाव तोकिएकै मितिमा हुने जनाएको छ ।
सर्वोच्च अदालत्ले छुट्टै मतपत्र छाप्ने विषयमा भइरहेको प्रगतिबारे लिखित् जवाफ मागेपछि आयोगले आइतवार नै यस विषयमा महान्यायाधीवक्ता लगायतसँग परामर्श गरेर जवाफ तयार गरेको छ ।
यता निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले मतपत्रबारे कुनै निर्णय नभएको भन्दै सर्वाेच्च अदालतको आदेशको भावनाअनुसार निर्वाचन आयोग अघि बढ्ने प्रतिक्रिया दिए । उनले भने– ‘मतपत्रबारेको निर्णय भोलि विहानै सार्वजनिक हुन्छ, आयोगले सर्वाेच्चको आदेशको भावनालाई सम्मान गरेर अघि बढ्छ ।’












प्रतिक्रिया