काठमाडौं, १२ कात्तिक । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदर्शन बरालले बाम एकता देश विकासको सुत्र भएको बताएका छन् । उनले यो कुनै पार्टीमा विलय नभई समाजवादी क्रान्तिको मोडल भएको बताएका छन् । ‘यो न कुनै माओवादीको एमालेमा विलय हो न एमालेको माओवादीमा, यो त समाजवादी क्रान्तिको मोडल हो,’ काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ।
बरालले बाम एकता विकासको सुत्र भएको बताए । ‘हामी गुल्मी जिल्लाका आम नेता कार्यकर्ताको विचमा त्यसरी जाने छौँ भन्ने विश्वास दिलाउन चाहन्छौँ,’ उनले भने ‘जसरी तसरी जीतको कुरा होईन कि अत्यधिक मतले जीत्नुपर्छ भनेर प्रतिवद्धता जाहेर गर्नुपर्छ ।’
जिल्लाका ४ प्रदेश र २ संघीय निर्वाचन क्षेत्रमध्ये मध्ये २ प्रदेश क्षेत्र माओवादी र बाँकी ४ एमालेलाई परेकोेले सबैलाई विजयी बनाउन काठमाडौमा बस्नेहरुलाई सन्देश प्रवाह गर्नुपर्ने बताए ।












प्रतिक्रिया