५ कार्तिक २०८३, बिहिबार

सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेपालको बैंकिङ्ग क्षेत्रमा अद्वितीय पहिचान बनाउन सफल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ ।

गत विहिबार (कात्तिक ९ गते) बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गर्नुभएको हो । उक्त समारोहमा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु साथै नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकलाई देशैभरी फैलिएका ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखारहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिब ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै आफ्नो ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफ्ट, भिसा ए.टि.एम. कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

हुम्लाको सदरमुकाम सिमिकोट भन्दा करिव ४१ किलोमिटर दुरीमा रहेको यस शाखाको सुरुवात गर्दै गर्दा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले देश संघीयतामा गएसंगै दुरदराजका नेपाली जनतालाई बैंकिंग सुबिधासंग पहँुच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको कुरा अभिव्यक्त गर्नु भयो । उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बारेमा जानकारी दिनुभयो ।

मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा सहर बजारमै पुग्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति अब आउने निकट भविष्यमा नै बैंकले झापाको हल्दिबारी, महोतरीको औरही, र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराउनु भएको छ ।