काठमाडौं, १२ कात्तिक । शिवम् सिमेन्टस् लिमिटेडले आफ्ना ग्राहक एवं उपभोक्ताहरुका लागी २० बोरा शिवम् सिमेन्टको खरिदमा सम्मान स्वरुप कम्पनीको तर्फबाट कदर स्वरुप दिदै आएको थप १ बोरा उपभोक्ता योजना आइतबार (कात्तिक १२ गते)देखि समापनको घोषणा गरेको छ ।
असार १४ देखि नेपालभर लागु भएको यो योजनामा देश भरका सिमेन्टका आम उपभोक्ता एवं ग्राहक महानुभानहरुको उत्साहजनक र उल्लेखनीय सहभागिता रहेको जनाउँदै शिवम् सिमेन्टले उपभोक्ता र ग्राहकलाई कृतज्ञता ज्ञापन समेत गरेको छ ।
हेटौडास्थित जर्मन उच्च प्राविधियुक्त प्लान्ट एण्ड मेशिनरी जडित उद्योगबाट आफ्नै चुनढुङ्गामा आधारित किल्ङकर तथा सिमेन्ट उत्पादन गरी विश्वस्तरको गुणस्तरीय शिवम् ब्राण्डको ओ.पि.सी. सिमेन्ट उत्पादन र विक्री वितरण गर्दै छोटो अवधिमा देशकै सर्वाधिक रुचाईएको ब्राण्ड बन्न सफल शिवम् सिमेन्टले हरितालिका तिज, वडा दशैँ, शुभ दिपावली र छठ पर्व समेतलाई मध्यनजर गरी छोटो अवधिका लागी “२० बोरामा कदर स्वरुप थप १ बोरा” योजना लागु गरेको थियो ।
‘हाम्रो विश्वास छ, आम सिमेन्टका उपभोक्ता एवं ग्राहकहरुले यस अवसरको भरपुर उपयोग गर्न सफल हुनुभयो,’ शिवम् सिमेन्टले भनेको छ ।
शिवम् सिमेन्टले गत वर्ष समेत शुभ दिपावलीको अवसरमा उपभोक्तामूखी “चाँदी नै चाँदी” भन्ने योजना ल्याएको थियो ।















प्रतिक्रिया