
बिर्तामोड, १२ कात्तिक । झापाको बिर्तामोड नगरपालिकाका मेयर धु्रबकुमार शिबाकोटी र उपमेयर पबित्रा महतारा प्रसाईले अर्जुनधारा ११ निवासी बालक लक्ष्मण शिबाकोटीको मृत्युको बिषयलाई लिएर भएको प्रदर्शनका क्रममा भएको अप्रिय घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार विज्ञप्ति जारी गर्दै मेयर र उपमेयरले स्थानीयबासीले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागी नरेश थापाको हत्या भएकोे र धेरै सर्बसाधारणलाई घाइते बनाएकोमा मर्माहत बनाएको र मृतक बालकको घटनाबारे छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिएका छन् । दोषीलाई कानूनी दायरमा ल्याउन आफूहरुले सुरुदेखि नै प्रहरी प्रशासनलाई सहयोग र दबाब दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।
‘स्थानीयको मागलाई न्यायिकरुपमा निरुपण गर्नु पर्नेमा प्रदर्शनकारी माथि गोली चलाउने अबस्था सिर्जना गरिनु स्थानीय प्रहरीको कमी कमजोरी पछिको उत्पन्न परिणाम हो भन्ने हाम्रोे ठहर छ,’ बिज्ञप्तिमा भनिएको छ, ‘यद्धपी कुनै पनि समस्याको समाधान तोडफोड र आगजनी भने होइन ।’
वर्तमान परिस्थितीबाट नगरलाई शान्त राख्न पीडित पक्षको माग बमोजिम सर्बदलीय सहमति भइसकेको उल्लेख गर्दै विज्ञप्तिमा सबैलाई धैर्य गर्न भनिएको छ ।
यस घटनापछि सरकारी उच्चस्तरबाटै छानबीन समिति गठन भई त्यस समितिले छानबीन कार्य आरम्भ गरिसकेको हुँदा मृतक बालकको परिबारले न्याय पाउनु पर्दछ भन्ने अडान रहेको समरण गराउँदै स्थानीय सरोकारबालाहरु कै संलग्नतामा छानबिन गरिने र दोषीलाई कानुनी कारबाही गरिने भएकोले त्यस कार्यमा सहयोग गरिदिन मेयर र उपमेयरले अपील समेत गरेका छन् ।
‘प्रहरीको गोली लागेर मृत्युबरण गरेकाका परिवारलाई १० लाख राहत उपलब्ध गराउने, घाइतेहरुको उपचार गरिने, तोडफोड भएकोमा उचित क्षतिपूर्ती उपलब्ध गराउने जस्ता बिषयमा सहमति भइसकेको अवस्थामा त्यस सहमतिलाई कार्यान्वयन गरेर जानु नै उचित हुने विज्ञप्तिमा उल्लेख छ ।












प्रतिक्रिया