११ मंसिर २०८३, शुक्रबार

कांग्रेस संसदीय समितिको बैठक बस्दै, वाम गठबन्धन पनि आन्तरिक छलफलमा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १२ कात्तिक । निर्वाचनको तयारी र उम्मेदवारहरूको चयनका विषयमा छलफल गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केही समयपछि बस्ने समितिको बैठकमा समानुपातिकको सूचीमारहेका नाम सच्याउने बारेमा पनि छलफल हुनेछ ।

बैठकमा छनौट गर्न बाँकी रहेका जिल्ला र क्षेत्रका उम्मेदवारहरूका विषयमा पनि छलफल हुने एक नेताले बताए ।

उता, वाम गठबन्धनले पनि निर्वाचन क्षेत्रमा सहमति हुन बाँकी विषयमा आज पनि छलफल गर्ने भएका छन् ।

अधिकांश क्षेत्रमा सहमति जुटाइ सकेका उनीहरूले छिटोभन्दा छिटो भागबण्डा मिलाएर प्रचार प्रसारमा जाने तयारी गरेका छन् ।