११ मंसिर २०८३, शुक्रबार

निर्वाचनपछि कम्युनिष्टहरूको साम्यवादी धङधङ्गी समाप्त हुन्छः कांग्रेस नेता महत

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विदुर, १२ कात्तिक । नुवाकोट जिल्लाको क्षेत्र नं. १ को प्रदेश ‘ख’मा नेपाली कांग्रेसबाट प्रत्यक्षका उम्मेदवार रमेश महतले नेपाली कांग्रेस नुवाकोट सम्पूर्ण एकताका साथ निर्वाचन अभियानमा होमिएकाले कांग्रेसका अगाडि गठवन्धनको कुनै अर्थ नरहने चेतावनी दिएका छन् ।

नुवाकोट क्षेत्र नंं. १ अन्तर्गतको लिखु गाउँपालिकाको ढिकुरेमा वडास्तरीय निर्वाचन सम्पर्क कार्यालयको शनिबार उद्घाटन गर्दै नेता महतले सधैँ कांग्रेसको अनेकतामा आफ्नो सफलता देख्ने विपक्षीको मनोवृत्ती दिग्भ्रिमित मानसिकताको उपज रहेको बताए ।

‘नुवाकोटमा अहिलेको निर्वाचन विकासवादी र विनासवादीहरूवीच भईरहेको छ’, उनले भने, ‘विकास विरोधीहरू आफैं समाप्त भएर जाने छन् ।’

‘नुवाकोटको विकास अभियानका महारथीहरू अर्जुननरसिंह के.सी. र डा.रामशरण महतको ऐक्यवद्ध नेतृत्वमा अझै धेरै विकास अभियानहरू सार्थकतामा पुगाउन पनि कांग्रेसको जित अपरिहार्य छ’, कांग्रेस नेता महतले भने ।

उनले नुवाकोट प्रजातन्त्रवादीहरूको किल्लाको रुपमा रहेको भन्दै वाम गठबन्धनले केही गर्न नसक्ने बताउ । उनले प्रजातन्त्र नै समाप्त पार्नका लागि गरिएको कम्युनिष्ट गठवन्धनले जनताको मत प्राप्त गर्न नसक्ने बताए ।

नेता महतले आगामी निर्वाचनले अलीअली वाँकी रहेको साम्यवादी धङधङीलाई पनि समाप्त गरिदिने बताए ।