११ मंसिर २०८३, शुक्रबार

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाइयो, अनेरास्ववियुका अध्यक्ष गौतम पक्राउ

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ११ कात्तिक । पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई कालो झण्डाले स्वागत गरिएको छ ।

एमाले निकट अनेरास्ववियुका कार्यकर्ताले शिक्षा ऐन खारेजीको माग गर्दै पृथ्वीचोकमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् । उनीहरुले शिक्षा ऐन खारेज गर भन्दै नाराबाजीसमेत गरेका थिए ।

देउवा पूर्व सांसद सूर्यबहादुर केसीसहित विभिन्न पार्टीका कार्यकर्तालाई कांग्रेस प्रवेश गराउन पोखरा आएका थिए ।

कडा सुरक्षाका बीच सुरक्षाकर्मीकै अगाडि प्रधानमन्त्रीलाई कालो झण्डा देखाएपछि प्रहरीले अनेरास्ववियु भुगोल जिल्ला कमिटी कास्कीका अध्यक्ष शेखर गौतमलाई पक्राउ गरेको छ । उनलाई अहिले हिरासतमा राखिएको छ ।