
काठमाडौं, ११ कात्तिक । धादिङ जिल्लाको गजुरीमा यात्रु बाहक बस त्रिशुली नदीमा खसेर दुर्घटना भएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४५६ नं. को बस त्रिशुली नदीमा खसेको हो । दुर्घटनाबाट १५ जनाको उद्धार गरिएको छ । बसमा कति जना थिए भन्ने खुलेको छैन ।
यद्यपि, बसमा टिकट लिएर ५५ जना चढेको जनाइएको छ । दुर्घटनामा धेरै यात्रु बेपत्ता भएको अनुमानसहित प्रहरीले खोजतलास सुर गरेको जनाएको छ ।
घाइतेहरूको गजुरी र काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ । दुर्घटनासम्बन्धी पूर्ण विवरण आइसकेको छैन ।











प्रतिक्रिया