२१ कार्तिक २०८३, शनिबार

पार्टी एकता र निर्वाचनको सन्देश गाउँस्तरसम्म पुर्याउने बामगठबन्धनको तयारी

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– अमरराज पुन

रुकुम, १० कात्तिक । आगामी प्रदेशसभा र प्रतिनिधि सभासदस्य निर्वाचनका लागि पश्चिम रुकुमका बाम गठबन्धनहरु एक जुट भई गाउँस्तरसम्म पुग्ने योजनामा लागेका छन् ।

शुक्रबार पार्टी एकताका लागि भन्दै मुसिकोटमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरेका नेकपा एमाले र माओवादी केन्द्रले यस्तो घोषणा गरेका हुन् । पार्टीको केन्द्रय निर्देशन अनुसार अब पश्चिम रुकुमको बाम गठबन्धन आगामी निर्वाचनसंगै पार्टी एकताको सन्देश लिएर कार्यकर्ता सम्मपुग्ने रणनीतिमा लाग्ने भएको छ । देशकोे परिवर्तन र विकासका लागिकम्युनिष्ट आन्दोलनको महत्वपुर्ण भुमिकाहुने भन्दै पार्टी एकता संयोजन समितिपनि तत्काल वडापालिका सम्म गठन गर्ने बताईएको छ ।

यस्तै एकता संयोजन समितिले प्रदेश र प्रतिनीधि सभानिर्वाचनका लागि नगरपालिका, गाउँपालिका, र वडापालिका स्तरमा समेत निर्वाचन परिचालन कमिटिहरु गठन गर्ने जानकारी गराएको छ । कम्युनिष्टको नीतिअनुसार समाजबाद हुँदै साम्यवादसम्म पुग्नकालागि निर्वाचन पछि बन्ने अबको पार्टी एकताले देशको समृद्धि र शुशासनसमेत कायम गर्नसकिने पश्चिम रुकुमकाबाम गठबन्धनका नेताहरुले बताएका छन् । आगामी निर्वाचन र पार्टी एकताका लागि संयोजन समितिको प्रमुखमा पश्चिम रुकुममा नेकपा एमालेबाट शेरबहादुर केसी र नेकपा माओवादी केन्द्रबाट राजकुमार शर्मा रहनुभएको छ ।

पश्चिम रुकुमको बाम गठबन्धनले आगामी प्रतिनीधिसभा सदस्यका लागि अहिलेका विनाविभागियमन्त्री जर्नादन शर्मालाई उम्मेदवारको रुपमा अघि सारेको छ ।