११ मंसिर २०८३, शुक्रबार

विर्तामोडमा सेना परिचालनको तयारी, रक्षा मन्त्रालयसँग अनुमति मागियो

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विर्तामोड, १० कात्तिक । जिल्ला सुरक्षा समिति झापाले विर्तामोडमा सेना परिचालनको तयारी गरेको छ ।

विर्तामोड तनावग्रस्त भएपछि समितिको बैठकले विर्तामोड क्षेत्रमा सेना परिचालनको निर्णय गर्दै रक्षा मन्त्रालयसँग अनुमति मागेको हो ।
शुक्रबार आन्दोलनकारीहरुले गरेको बन्द आह्वानका क्रममा तनाव बढ्दै गएपछि बसेको समितिको बैठकले सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमति लिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।

उनले कर्फ्यू आदेश जारी भएपछि स्वतः सेना सडकमा आउने भन्दै बैधानिक रुपमा सेना परिचालन गर्नको लागि रक्षा मन्त्रालयसँग अनुमती माग्ने निर्णय गरिएको बताए । दिउँसैदेखि स्थितीलाई साम्य पार्नको लागि प्रयास गरेपनि त्यो सम्भव नभएकोले सेना परिचालन गर्नु पर्ने स्थिती सिर्जना भएको उनले बताए ।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले शुक्रबार बिहानैदेखि प्रदर्शन गरेका प्रदर्शनकारी माथि प्रहरीले दर्जनौं राउण्ड अश्रुग्यास तथा रवरको गोली प्रहार गरेको थियो । विर्तामोडको अवस्था तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले दिउँसो साढे १ बजेदेखि अनिश्चित कालको लागि कर्फ्यू आदेश जारी गरेको हो ।