काठमाडौं, १० कात्तिक । नेकपा एमाले निकट युवा संघ र माओवादी केन्द्रनिकट वाईसीएलको संयुक्त बैठकले केन्द्रीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
शुक्रबार वाईसीएलको केन्द्रीय कार्यालयमा बसेको दुबै संगठनका पदाधिकारीको संयुक्त बैठकले केन्द्रमा दुवै संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आयोगका सदस्यहरु, प्रदेशका सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, जिल्ला अध्यक्षहरु रहेको ३००१ सदस्य केन्द्रीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको युवा संघका सचिव माधव बास्तोलाले जानकारी दिए ।
बैठकले कात्तिक १५ गतेभित्र संयुक्त बैठक गर्न जिल्ला कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।
वाईसीएलका अध्यक्ष राम प्रसाद सापकोटाको अध्यक्षतामा बसेको बैठकमा युवा संघका ईन्चाज महेन्द्र पाण्डे, सह ईन्चाज निरुपाल र वाईसीएलका ईन्चाज मणि थापा र लक्षिमी प्रसाद चापागाईको विशेष उपस्थिति थियो ।
बैठकमा दुवै संगठनका अध्यक्षहरु राजिव पहारी, राम प्रसाद सापकोटा (दिपशिखा) ले संयुक्त वाम गठवन्धन र यसको औचित्य, यसले समाजमा पारेको प्रभाव, प्रतिक्रियावादीहरुले फैलाएको भ्रम लगायतका विषयमा कुरा राखेका थिए ।
बैठकमा पार्टीहरुको तर्फबाट ईन्चाजहरुले वर्तमान राजनैतिक परिस्थिति र भावि कार्यदिशाको विषयमा कुरा राखेको सचिव बास्तोलाले बताए ।
यस्ता छन् बैठकका निर्णयहरुः
१) केन्द्रमा दुवै संगठनका अध्यक्षको नेतृत्वमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आयोगका सदस्यहरु, प्रदेशका सदस्यहरु, केन्द्रीय विभागका सदस्यहरु, जिल्ला अध्यक्षहरु रहेको ३००१ सदस्य केन्द्रीय मुल निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
२) दुवै संगठनको तर्फबाट प्रदेशमा प्रदेश प्रमुखको नेतृत्वमा, जिल्लामा जिल्ला अध्यक्षको अध्यक्षमा जिल्ला स्थरीय संयोजन समिति वनाउने र जिल्ला मातहतमा भने जिल्ला कमिटीले तत्काल वैठक वसी दुवै संगठनको सल्लाहमा संयुक्त निर्वाचन परिचालन कमिटी गठन गरि परिचालन गर्ने ।
३) जिल्ला कमिटीहरुको वैठक यहि कार्तिक १५ गते भित्र संयुक्त वैठक वस्ने निर्णय गरियो ।












प्रतिक्रिया