११ मंसिर २०८३, शुक्रबार

अन्ततः शंकर पोखरेलले ओली र प्रचण्डको प्रस्ताव स्वीकार गरे, दाङ २ बाट महरा चुनाव लड्ने

11.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेकपा एमालेका स्थायी कमिटी सदस्य शंकर पोखरेलले वाम गठबन्धनका शीर्ष नेताद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव स्वीकार गरेका छन् ।

एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेता पोखरेललाई प्रदेश नम्बर ५ मा वाम गठबन्धनतर्फबाट मुख्यमन्त्रीको साझा उम्मेदवार बन्न प्रस्ताव गरेका थिए । यो प्रस्तावलाई आफूले स्वीकार गरेको नेता पोखरेलले जानकारी दिए ।

दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ एमालेबाट पोखरेलसहित माओवादी केन्द्रबाट कृष्ण महराले पनि चुनाव लड्न खोजेका थिए । एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धनपछि दुई नेताको दाबेदारीले गठबन्धनमा समस्या उत्पन्न भएको थियो ।

तर, शीर्ष नेता ओली र प्रचण्डबीच माओवादीले दाङको २ नम्बर क्षेत्र राख्ने र मुख्यमन्त्री एमालेलाई दिने सहमतिअनुसार पोखरेललाई मुख्यमन्त्री बन्न प्रस्ताव गरिएको थियो । ५ नम्बर प्रदेशमा पोखरेल मुख्यमन्त्रीका बलिया उम्मेदवार हुने ठानेरै माओवादी केन्द्र पनि उनलाई टिकट दिन सहमत भएको स्रोतले बतायो ।

अब पोखरेलले प्रदेशसभा तर्फ उम्मेवारी दिने भएका छन् । प्रतिनिधिसभातर्फ माओवादीले टिकट लिएपछि प्रदेशसभातर्फ क्षेत्र नम्बर २ को क र ख दुबै एमालेले पाएको छ । अब नेता पोखरेलले क र ख मध्ये एक ठाउँबाट उठ्नेछन् ।