झापा, १० कात्तिक । बालक हत्याको विरोधमा प्रदर्शन हुँदा झापाको विर्तामोड तनावग्रस्त बनेको छ । स्थानीय बासिन्दाले निकालेको विरोध प्रदर्शनमा प्रहरीले दमन गरेपछि स्थिति तनावग्रस्त बनेको हो ।
स्थितिलाई नियन्त्रणमा लिएन प्रहरीले अश्रुग्यास र रवरको गोली चलाएको छ । स्थानीयले शान्तिपूर्ण रुपमा प्रदर्शनमा प्रहरीले दमन गरेको आरोप पदैशनकारीहरूको छ ।
शनिश्चरे रोडबाट शुक्रबार बिहान निकालिएको प्रदर्शन प्रहरीको स्कर्टिङमा विर्तामोडको मुक्ति चोकमा पुगेपछि प्रहरीले रोकेको थियो ।
प्रहरीको अवरोधलाई छिचोलेर बिरोध प्रदर्शन अगाडि बढ्न खोज्दा प्रहरीले लाठीचार्ज गरेको थियो । शान्तिपूर्ण आन्दोलनमा उत्रेका सर्वसाधारणमाथि प्रहरीले लाठी तथा अश्रुग्यास प्रहार गर्न थालेपछि सर्वसाधारणले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यलयका एसपी विष्णु केसीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास मात्र प्रहार गरेको बताएका छन् ।
दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा – ११ का ११ वर्षीय लक्ष्मण शिवाकोटीको शब भोलिपल्ट अर्जुनधारा – ५ को धानबारीमा फेला परेको थियो ।
बिर्तामोड– ५ का सुरेश पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाबिरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए ।
प्रहरीले हत्यारालाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक बालकका आफन्त तथा स्थानीयबासीले शुक्रबार विर्तामोड बन्दको घोषणा समेत गरेका छन् ।











प्रतिक्रिया