११ मंसिर २०८३, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्रलाई केपी ओलीको कडा चुनौतिः नेतृत्व लिनेभए चुनावी मैदानमा आउ

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई खुल्ला चुनावी मैदानमा आउन चुनौति दिएका छन् ।

ओलीले ज्ञानेन्द्रको नाम नलिई ‘जनताले चाँहे मैले नेतृत्व लिने समय आयो’ भनी दिएको अभिव्यक्तिमाथि कडा टिप्पणी गर्दै कसैलाई नेतृत्व लिन मन लागेको भए कात्तिक १६ गते मनोनयन दर्ता गरेर चुनावी मैदानमा आउन चुनौति दिए ।

दोस्रो चरणको चुनावको मनोनयन १६ गते हुँदैछ । ओलीले मनोनयन दर्ता गरेर चुनावमा आउन पूर्वराजालाई भनेका हुन् ।

विहीबार नयाँ बानेश्वरमा आयोजित माओवादी र एमालेको संयुक्त पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले भने– ‘म नेतृत्वका लागि तयार छु भन्ने मान्छेहरुलाई १६ गते त छँदैछ, मनोनयन गरेर आए भैगो मैदानमा । ज–जसलाई नेतृत्व लिन मन छ, १६ गते छ समय ।’