काठमाडौं, १० कात्तिक । लोकतान्त्रिक गठबन्धन कार्यदलमा आबद्ध संघीय समाजवादी फोरम र राजपाले कांग्रेससँग मुलुकभर प्रतिनिधिसभामा ५५ र प्रदेशसभामा १ सय ३१ सिट माग गरिरहेका बेला राजपा नेपालले महन्थ ठाकुरलाई २ नं. प्रदेशको मुख्य मन्त्रीका रुपमा अगाडि सारेको छ ।
प्रदेश २ मा मात्रै प्रतिनिधिसभामा २४ र प्रदेशसभामा ४८ सिट उनीहरूले मागेका छन् । फोरम नेपाल र राजपाले प्रदेश २ को भावी मुख्यमन्त्रीका रूपमा राजपा अध्यक्ष ठाकुरलाई उठाउने आन्तरिक सहमति गर्दै कांग्रेससँग स्पष्ट बहुमत पुग्ने गरी सिट मागेका हुन् ।
कांग्रेसको लामो इतिहास बोकेका ठाकुरलाई मुख्यमन्त्रीमा उठाउँदा स्पष्ट बहुमत सिट माग गर्नु स्वाभाविक भएको राजपाका एक नेताले बताए ।
प्रदेश २ को प्रदेशसभामा कांग्रेसले इमानदारीपूर्वक सहयोग गरे मधेसी गठबन्धनले प्रतिनिधिसभामा १४–१५ सिटमा सहमति गर्न सक्ने एक नेताले बताए ।















प्रतिक्रिया