काठमाडौं, १० कात्तिक । डिल्लीबजार हाईट मार्ग उपभोक्ता समितिले दशैं, तिहार र छठ पर्वको अवसरमा विहिबार भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
राजधानीको डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेशनल कलेजमा आयोजित कार्यक्रमको सभापति समितिका अध्यक्ष श्यामसन राणाले गर्नुभएको थियो । उहाँले डिल्लीबजार वरपर बस्ने साथीहरुबीच भेटघाट तथा सदभाव कायम गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ चित्रकार बखत बहादुर चित्रकार, ट्रिनेटी कलेजका प्राचार्य निर्मल आचार्य तथा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ का सचिव सुरज भट्टराईले शुभकामना मन्तव्य दिएका थिए ।
सामाजिक कार्यमा सक्रिय समितिले यसअघि आफ्नै खर्चमा करिब ३२ लाखको लागतमा करिब ७ सय मिटर ढलान सम्पन्न समेत गरेको छ ।

















प्रतिक्रिया