काठमाडौं, ९ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन सार्ने कदम जनतालाई सैह्य नहुने चेतावनी दिएका छन् ।
निर्वाचन प्रभावित पार्नेगरी सर्वाेच्च अदालतबाट अलग अलग मतपत्रबारे आएको आदेशपछि एमाले र माओवादी केन्द्रको वाम गठबन्धनद्वारा आयोजित वानेश्वरमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै ओलीले कुनै पनि अभिव्यक्ति र काम कारवाहीले निर्वाचनको वातावरण विथोलिन नहुने स्पष्ट पारे ।
‘कुनै पनि कारवाही, निर्णय, फैसला, आदेश र अभिव्यक्तिले जनतामा निर्वाचन हुँदैन भन्ने कुरा नआओस्,’ ओलीले अदालतको फैसलातर्फ संकेत गर्दै भने– ‘निर्वाचन नसार्ने कुरामा हामीले ध्यानाकर्षण गराउन खोजेका हौं, जनतामा सार्वभौमसत्ता छ, संविधान ल्याउनएका छन्, कार्यान्वयनको चरणमा छौं । हामीले ध्यानाकर्षण मात्रै गर्न खोजेका छौं । सबै गम्भीर हुनुपर्छ भन्न खोजेका छौं ।’
उनले दुईटा मतपत्रको कुरामा निर्वाचन अयोग र राजनीति दलले संविधान र कानूनबमोजिम अघि बढाइएको स्पष्ट पार्दै अदालतले निवेदकले मागेको भन्दा बढी व्याख्या गरेको गुनासो गरे ।
‘दुईटा मतपत्रको विषयमा निवदेक सत्तारुढ दलकै पार्टी सहमहामन्त्री छन् । अवहेलना भयो भनेको छ । तर, मागेको भन्दा बढी व्याख्या अदालतबाट भयो । राष्ट्रिय महत्व, देश अग्रगमनतर्फ जाओस भन्न मात्रै खोजका हौं,’ ओलीले भने ।
अध्यक्ष ओलीले चुनाव सार्ने कुरा जनतालाई कुनैहालतमा सैह्य नहुने चेतावनी दिँदै अगाडि भने– ‘लोकतान्त्रिक प्रणाली र प्रक्रियालाई अवरोध गर्न खोज्न भने त्यो कुरा नेपाली जनतालाई सैह्य हुँदैन् ।’












प्रतिक्रिया