२१ कार्तिक २०८३, शनिबार

नेकपा (संयुक्त) तनहुँ राप्रपामा समाहित, राप्रपा राष्ट्रवादी शक्तिः कमल थापा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । राप्रपा अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले प्रजातान्त्रिक मूल्य र मान्यताका साथ राष्ट्रवादी विचार र भावनाबाट राप्रपा अगाडी बढी रहेको विचार व्यक्त गर्नुभएको छ ।

पार्टीलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक स्थायी शक्ति निर्माण गर्नु आजको पहिलो आवश्यकता भएको चर्चा गर्दै थापाले राजनीतिक परिवर्तनलाई मजबुत बनाउन आर्थिक समृद्धि र परिवर्तन अपरिहार्य भएको विचार व्यक्त गर्नुभयो ।

जनताको आर्थिक अवस्था मजबुत बनाउन सके मात्र परिवर्तन सार्थक हुने भन्दै थापाले मुलुकको स्वाधीनता, राष्ट्रिय अखण्डता र प्रजातन्त्रको रक्षा नै अहिले सबै दलको साझा एजेन्डा बन्नुपर्नेमा जोड उहाँले जोड दिनुभयो । आर्थिक विकास , परिवर्तन र समृद्धिका निमित्त प्रजातान्त्रिक शक्ति मजबुत हुनुपर्ने आवश्यकता समेत थापाले औंल्याउनु भयो ।

उप प्रधानमन्त्री थापाले पार्टी कार्यालय धुम्बाराहीमा नेकपा संयुक्तका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य समेत रहेका लोकनाथ आचार्य सहितको जिल्ला कार्य समिति, क्षेत्रीय कार्य समिति एवं नगर समितिका पदाधिकारी तथा सदस्यहरुसमेत करिब २०० जनालाई पार्टीमा स्वागत गर्नुभएको थियो ।

प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचनको पूर्वसन्ध्यामा अन्य पार्टी परित्याग गरि राप्रपामा प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।