
काठमाडौं, ९ कात्तिक । नेकपा एमालेले राज्यका अंगबाट निर्वाचन प्रभावित पार्ने कदम उचित नहुने टिप्पणी गरेको छ ।
सर्वाेच्च अदालतले निर्वाचन सार्न बल पुग्नेगरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको अलग अलग मतपत्र छाप्नुपर्ने भनेर निर्वाचन आयोगमाथि दबाब बढाएपछि विहिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको एमालेको स्थायी कमिटी बैठकले कुनैपनि बहानामा निर्वाचन प्रभावित पार्ने कदम उचित नहुने चेतावनी दिएको हो ।
‘यो संविधान कार्यान्वयनको बाधाको रुपमा ठानिने र यसले नेपालको लोकतान्त्रिक प्रणालीलाई गम्भीर असर पर्ने हुनाले राज्यका कुनै पनि अंगले त्यससम्बन्धमा निर्णय गर्दा त्यो पक्षलाई नराखोस भन्ने आग्रह गर्दछौं,’ बैठकपछि चेतावनी दिँदै सचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीसँग भने ।
साथै एमालेले निर्वाचनको यो चालु प्रक्रियालाई विना कुनै अवरोध निष्कर्षमा पु्र्याउन निर्वाचन आयोगलगायत राज्यका सम्पूर्ण निकायको ध्यानाकर्षण समेत गराएको छ । ‘अदालतको फैसलाले प्रश्नहरु उत्पन्न भएको छ । तर, आशा गरौं फैसलाले चुनाव प्रभावित पार्नेछैन् पार्नुहुन्न्,’ सचिव ज्ञवालीले भने ।















प्रतिक्रिया