दार्चुला, ९ कात्तिक । दार्चुलामा स्वतन्त्र उम्मेदवार नै नेकपा एमालेमा प्रवेश गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि दार्चुलाबाट प्रत्यक्षतर्फ स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका धनबहादुर कुवँर विहिबार एमाले प्रवेश गरेका हुन् । कुवँरसँगै यसअघि पार्टी परित्याग गरेका गौरी बडाल पनि एमालेमै फर्किएका छन् ।
कुवँरले दोस्रो चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला एमालेले गरेको उम्मेदवारी छनौटप्रति असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।
एमाले प्रवेश गरेका कुवँरको मुख्य निर्वाचन अधिकृतद्वारा प्रकाशित उम्मेदवारको अन्तिम नामावलीमा नाम समेत छ ।












प्रतिक्रिया