११ मंसिर २०८३, शुक्रबार

सर्वेन्द्र खनालले ल्याएको नयाँ नियम कार्यान्वयनको अन्तिम चरणमा, नमान्नेलाई कडा कारवाही

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा नयाँ नियम लागु गरेको छ ।

आगामी मंसिर १ गतेदेखि लागु हुनेगरी उपत्यकामा विद्यालयका बस चलाउने सवारी चालकले अनिवार्य रुपमा पोशाक लगाउनुपर्ने नियम महाशाखाले ल्याएको हो ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख डीआईजी सर्वेन्द्र खनालले विद्यालयसँग सम्बन्धित प्याब्सन, एनप्याब्सन, हिसान, अभिभावक संघलगायत विभिन्न संघसंस्थासँग सहकार्य गरी अनिवार्य पोशाकसहित बसको रंग (कलर) पनि एउटै हुनुपर्ने नियम ल्याएका हुन् ।

महाशाखाका डीएसपी बिपीन गौतमले विद्यालयका बस चलाउने चालक र सहचालक दुवै अनिवार्यरुपमा गाढा निलो पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको जानकारी दिए ।

उनले विद्यालयका सवारी साधनलाई चिन्न सहज हुनका लागि पहेँलो रङ बनाउनुपर्ने निर्णयसमेत भइसकेको बताए । डीएसपी गौतमले विद्यालयका बसले पहेँलो रङ लगाएर नचलाएमा कडा कारबाही गरिने चेतावनी दिए ।

यस्तै बैठकले उपत्यकाभित्रका सबै स्कूलमा ट्राफिक जनचेतनामूलक कार्यक्रमलाई व्यापक रुपमा लैजाने निर्णयसमेत गरेको डीएसपी गौतमले जानकारी दिए ।