११ मंसिर २०८३, शुक्रबार

कांग्रेसको प्रवक्तामा गगन थापा मनोनित

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य गगन थापालाई पार्टी प्रवक्तामा मनोनयन गरेका छन् ।

सभापति देउवाले लामो समयदेखि रिक्त प्रवक्ताको जिम्मेवारी विहीबार युवा नेता एवं पूर्व स्वास्थ्यमन्त्री थापालाई दिएका हुन् ।

केहि दिनअघि मात्रै देउवाले पार्टी प्रवक्ता बन्न थापालाई औपचारिक आग्रह गरेका थिए । सभापतिको प्रस्तावलाई स्वीकार गर्दै थापाले पार्टी प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

पार्टीको १३औं महाधिवेशनमा कृष्ण सिटौला प्यानलबाट महामन्त्रीमा पराजित भएपछि थापालाई सभापति देउवाले केन्द्रीय समितिमा मनोनययन गरेका थिए । र, आज प्रवक्ता समेत बनाइदिए ।

यसअघि सुशील कोइराला सभापति हुँदा काँग्रेसको प्रवक्ता दिलेन्द्र बडू थिए ।